• २०८३ जेठ २७ बुधबार

भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद

भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद

खाँदबारी । संखुवासभामा प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मकालु गाउँपालिका–३ गढी बजारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरी चेकपोस्ट टोलीले चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको चौरीको पुच्छर, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि किमाथांका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै