• २०८३ जेठ २४ आइतबार

भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान

भारतविरुद्धको टेस्टमा फलोअन बचाउन संघर्ष गर्दै अफगानिस्तान

काठमाडौँ । भारतविरुद्धको टेस्टमा अफगानिस्तान दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ४५१ रनले पछाडी रहेको छ ।

दोस्रो दिनको खेल सकिदा अफगानिस्तानले ५ विकेट गुमाउदै ११३ रन बनाएपछि भारतभन्दा ४५१ रनले पछि परेपछि फलोअन बचाउन संघर्ष गरिरहेको छ ।

अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए ।

त्यसैगरी भारतका बलर डेभ्यु टेस्ट खेलिरहेका भारतका बलर मानव सुथारले ३ विकेट लिएका छन् भने प्रसिद्ध कृष्णले २ विकेट लिएका छन् ।

यसअघि भारतले पहिलो इनिंगमा ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । पहिलो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले १२६ रन बनाएका थिए भने केएल राहुलले १०० रन बनाएका थिए । त्यस्तै ऋषव  पन्त र साई सुदर्शनले ८१-८१ रन तथा वाशिंटन सुन्दरले ५२ रन बनाएका थिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै