• २०८३ जेठ २३ शनिबार

अण्डाको मुल्य बढ्यो

अण्डाको मुल्य बढ्यो

काठमाडौं । आजदेखि अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको मूल्य बढाएको हो ।

संघले सार्बजनिक गरेको अण्डाको नयाँ मूल्य अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ, जुन यसअघि ४६५ रुपैयाँ रहेको थियो । 

त्यस्तै यसअघि प्रतिक्रेट ४९० रुपैयाँ रहेको ठूलो अण्डाको मुल्य ५४५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको ५१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो । 

यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रति गोटा २५ रुपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै