• २०८३ जेठ २२ शुक्रबार

युट्युबरले निर्देशन गरेको हलिवुड फिल्म 'ओब्सेशन' को बक्स अफिसमा किर्तिमान

युट्युबरले निर्देशन गरेको हलिवुड फिल्म 'ओब्सेशन' को बक्स अफिसमा किर्तिमान

काठमाडौँ । हलिवुडको हरर फिल्म ओब्सेशन बक्स अफिसमा लगातार आक्रामक प्रदर्शन गर्दै ठूलो सफलता हासिल गर्न सफल भएको छ ।

फोकस पिक्चर्सको यो फिल्मले अत्यन्तै सानो १० लाख डलरभन्दा कम लागतमा बनेर विश्वव्यापी बक्स अफिसमा १६ करोड डलरभन्दा माथिको कमाइ पार गरेको छ ।

यो आर-रेटेड फिल्मले स्टार वार्स: द मन्डलोरियन एन्ड ग्रोगुलाई घरेलु बजारमा पछि पार्दै फेरि शिर्ष स्थान कब्जा गरेको छ । मे १३ मा रिलिज भएको यस फिल्मले अघिल्लो हप्ताको तुलनामा यसमा ३५ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ । यो कमाइ प्यारानर्मल एक्टिभिटीको ७५ लाख डलरभन्दा पनि बढी हो ।

फिल्मको राम्रो प्रदर्शनका कारण वितरकहरूले थप १२५ हलमा प्रदर्शन विस्तार गरेका छन्, जसपछि अहिले यो २ हजार ७८० स्क्रिनमा चलिरहेको छ। हालसम्म यसको उत्तर अमेरिकी कमाइ ८ करोड ६५ लाख डलर पुगेको छ र यो चाँडै १० करोड डलर पार गर्ने दिशामा अघि बढिरहेको छ।

बक्स अफिस मोजोको विवरणअनुसार ओब्सेशनले अन्तर्राष्ट्रिय बजारबाट ४ करोड ४७ लाख डलर कमाएको छ । घरेलु र अन्तर्राष्ट्रिय कमाइ जोड्दा यसको कुल विश्वव्यापी बक्स अफिस १६ करोड १५ लाख ३४ हजार डलरभन्दा माथि पुगेको छ।

यस प्रदर्शनलाई हेर्दा यो वर्षकै सबैभन्दा सफल फिल्ममध्ये एक बन्ने सम्भावना बलियो देखिएको छ ।

हलीवुडको हरर फिल्म ‘ओब्सेशन’ एक अलौकिक मनोवैज्ञानिक डरको फिल्म हो। फिल्मको कथा बेर नाम गरेका एक व्यक्तिको वरिपरि घुम्छ, जो एक संगीत पसलमा काम गर्छ । यो फिल्म ‘ओब्सेशन’लाई करी बार्करले लेखेका र निर्देशन गरेका हुन् । २६ बर्षिय बार्कर युट्युबर हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै