बुटवल । रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ भने मृतकहरूको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी उद्धार तथा अनुसन्धानमा खटिएको जनाएको छ ।









