काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को पूर्वतयारीका लागि जर्सीसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले जर्सीमा विशेष प्रशिक्षण क्याम्पमा भाग लिदै जर्सीको राष्ट्रिय टिमसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । नेपाल र जर्सी बीचको पहिलो खेल जुलाई १३ र दोस्रो खेल जुलाई १५ मा खेलिने क्यानले जानकारी दिएको छ ।
नेपालले जुलाईमा नेदरल्याण्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग- २ को सिरिज खेल्दैछ ।
नेपालले लिग- २ मा हालसम्म २८ खेलमा २४ अंक हासिल गर्दै पाँचौ स्थानमा रहेको छ ।









