• २०८३ जेठ २१ बिहीबार

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि,  ५ अर्ब ७३  करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से २.६६  अंकले बढेर २७८०.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ५ अर्ब ७३  करोड ८१ लाख ७८ हजार १६५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, हाइड्रो, लगानी, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको शेयर १४.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयर ५.१८ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४४ करोड २३ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै