• २०८३ जेठ २१ बिहीबार

दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ

दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ

सुर्खेत । दैलेखको नारायण नगरपालिका–९ सालखर्कमा मादक पदार्थ सेवन गरेका एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

मंगलबार राति करिब ११ बजे सामान्य विवादका क्रममा ७० वर्षीय कबिराज थापाले आफ्ना ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न कबिराज थापालाई प्रहरीले प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै