काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसुची रहेको छ ।









