• २०८३ जेठ १७ आइतबार

प्रतिनिधि सभामा विपक्षीको रोस्ट्रम घेराउ, बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभामा विपक्षीको रोस्ट्रम घेराउ, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ ।  प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ । 

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि थप छलफल माग गर्दै विपक्षी दलहरुले विरोध गरिरहेका बेला सभामुख डिपी अर्यालले बैठक अगाडी बढाएपछि हंगामा भएको थियो । 

रास्वपा सांसद गणेश पराजुली नेतृत्वमा बनेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरूले संशोधन दर्ता गराएका छन् र उनीहरूले नियमावली माथि छलफल माग गरेका थिए । 

नियमावली माथि छलफलको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले रोस्ट्रम घेराउ गरेका थिए । सोहि क्रममा वैठक संसदको मर्यादाभन्दा बाहिर गएर झडपको स्थिति बनेपछि सभामुखले बैठक १५ मिनेट स्थगित गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै