• २०८३ जेठ १७ आइतबार

युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने

युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने

काठमाडौं । युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने भएका छन् ।

च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता खेल्ने सुपर कपमा पिएसजी र एस्टन भिल्ला आगामी अगस्त १२ मा खेल्ने भएका हुन् । यो खेल अस्ट्रियाको साल्जबर्गस्थित आरबी एरिनामा हुने भएको छ । 

यस बर्ष पिएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने एस्टन भिल्लाले युरोपा लिग जितेको छ । 

अहिलेसम्म युइएफए सुपर कपको उपाधि सबै भन्दा बढी रियल म्याड्रिडले ६ पटक जितेको छ ।  त्यस्तै बार्सिलोना र एसी मिलानले ५-५ पटक जितेका छन् भने लिभरपुलले ४ पटक यो उपाधि जितेका छन् ।  त्यस्तै पिएसजीले पहिलो पटक गत बर्ष यो उपाधि जितेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै