• २०८३ जेठ १२ मंगलबार

के कतारले इरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरेको हो ?

के कतारले इरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरेको हो ?

काठमाडौं । कतारको विदेश मन्त्रालयले ईरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरिएको भन्ने समाचार असत्य भएको जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस्तो दाबी गर्ने रिपोर्टहरू शान्ति सम्झौता विफल बनाउन चाहने पक्षले फैलाएको बताएका छन् ।

ईरान र अमेरिकाबीच जारी शान्ति वार्तासँग सम्बन्धित विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा कतारले ईरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो । ईरानले कतारमा रोक्का रहेको आफ्नो करिब १२ अर्ब डलर बराबरको रकम फुकुवा गर्न माग गर्दै आएको बताइएको छ ।

केही रिपोर्टमा उक्त रकम फुकुवा गर्नु नै सम्भावित सम्झौताको पहिलो सर्त भएको उल्लेख गरिएको थियो । तर कतारले आफूले ईरानलाई कुनै रकम प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।

प्रवक्ता अलअन्सारीले भनेका छन्- 'कतारले सम्झौता गराउन ईरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको भन्ने समाचार पूर्ण रूपमा गलत हो ।' 

उनले यस्ता भ्रामक समाचार शान्ति प्रयासलाई कमजोर बनाउन र कूटनीतिक पहल विफल पार्न चाहने पक्षले फैलाएको आरोप लगाएका छन् । अल अन्सारीले कतारको अन्तर्राष्ट्रिय छवि बिगार्ने उद्देश्यले यस्ता निराधार प्रचार गरिएको दाबी गर्दै कतारलाई विश्वस्तरमा शान्तिको समर्थक राष्ट्रका रूपमा चिनिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै