• २०८३ जेठ १२ मंगलबार

अमेरिकासँग सम्झौता अघि पाँच प्रमुख सर्त पूरा गर्नुपर्ने इरानको माग

अमेरिकासँग सम्झौता अघि पाँच प्रमुख सर्त पूरा गर्नुपर्ने इरानको माग

काठमाडौं । ईरानले अमेरिकासँग कुनै पनि सम्झौतामा अघि बढ्नुअघि पाँच प्रमुख सर्त पूरा गर्नुपर्ने बताएको छ ।

ईरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिका विश्वास निर्माणका लागि ठोस कदम चाल्नुपर्ने बताएका हुन् ।

अजीजीका अनुसार ईरानले राखेका मुख्य सर्तहरूमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, भविष्यमा फेरि आक्रमण नहुने ग्यारेन्टी दिनुपर्ने, समुद्री नाकाबन्दी हटाउनुपर्ने, होर्मुज क्षेत्रमा ईरानको नियन्त्रण प्रणालीलाई स्वीकार गर्नुपर्ने, तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा जफत गरिएका ईरानी सम्पत्ति फिर्ता गर्नुपर्ने रहेका छन् ।

उनले अमेरिका र इजरायलले युद्ध छिट्टै अन्त्य गर्न चाहेको दाबी गर्दै ईरानको जवाफी कदमपछि उनीहरू युद्धविराम र वार्ताको बाटोमा आउन बाध्य भएको बताएका छन् । अजीजीले अमेरिका यी पाँच सर्त पूरा गर्न तयार भए थप ३० र ६० दिनको वार्तामार्फत अन्य विषयमा पनि छलफल गर्न सकिने उल्लेख गरेका छन् ।

उनले ईरानलाई अमेरिकामाथि विश्वास नभएको भन्दै दुई देशबीचको मतभेद अस्थायी नभई गहिरो रहेको दाबी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै