• २०८३ जेठ १२ मंगलबार

उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग अमरेशकुमार सिंहको माग

उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग अमरेशकुमार सिंहको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको बाँकी भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले उखु किसनलाई चिनी मिल दिने भुक्तानी र सरकारले दिने अनुदानको भुक्तानी नभएको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । 

सांसद सिंहले रोपाइँको सिजन केहि दिनमै सुरू हुन लागेको भन्दै मलको उपलब्धताको माग गरेका छन् । 

उनले बागमतीको कटानले सर्लाहीको बरहथवाका ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै