• २०८३ जेठ १२ मंगलबार

साफ महिला च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध भारतको ११ गोल

साफ महिला च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध भारतको ११ गोल

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ ।

भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा गएराती सम्पन्न खेलमा भारतले माल्दिभ्सविरुद्ध ११ गोल गर्दै ११-० ले जितेको हो ।

भारत समुह बी मा रहेको छ । यसअघि सोमबार नै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै