• २०८३ जेठ १२ मंगलबार

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ ।

भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै