काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएकोविरुद्ध देउवा दम्पतिले सर्वोच्चमा रिट दायर गरेका थिए । हाल देउवा दम्पती विदेशमा छन् ।









