बुटवल । लुम्बिनी प्रदेशको प्युठानमा ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएका छन् ।
प्युठानको नौबाहिनी गाउँपालिका- ७ लेखखर्क र डाँडाखर्कबाट एक नाले ७ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









