पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट एक जनाको शव निकालिएको छ ।
भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षिय मुकेश महतो जेठ १० गते बेलुका उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला नपारेपछि पुनः आज बिहान सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोली खटिएको थियो । सो टोलीले उनको शव रोप रेस्क्युद्धारा अन्दाजी २५० फिट तल सेतीको खोचबाट बाहिर निकालेको हो ।









