• २०८३ जेठ ९ शनिबार

एमाले बैठकमा ओलीलाई मार्ग प्रशस्त गर्न माग

एमाले बैठकमा ओलीलाई मार्ग प्रशस्त गर्न माग

काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक रुपमा नै प्रश्न उठेको छ । 

शुक्रबार बसेको बैठकमा बोलेका पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएसँगै अब एमालेमा नेतृत्व परिवर्तनको बहस शुरु भएको हो । 

बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा बोलेका उपाध्यक्ष रामबहादुर थापा बादलले भने संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए । 

बैठकमा ओलीले नेतृत्वको विरुद्ध जानेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएपछि असहज अवस्था सिर्जना भएको बताइएको छ । उनले पार्टी र नेतृत्वमा चारै तिरबाट आक्रमण भएको समयमा नेतृत्वविरुद्ध गतिबिधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए ।  ओलीको चेतावनीको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए । उनले पार्टी अध्यक्षको मात्र नभएको भन्दै पार्टी निर्माणमा सबैको योगदान भएको भन्दै प्रतिवाद गरेका थिए ।

बैठकपछि बोल्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकमा पाँचै उपाध्यक्षले खुलस्त कुरा गरेको जानकारी दिदै बैठक शनिबार बिहान साढे ११ बजेदेखि शुरु हुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै