• २०८३ जेठ ७ बिहीबार

कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर

कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर

काठमाडौँ । भारतमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो एक्स खाता भारतमा बन्द गरिएको दाबी गरेका छन् ।

इन्स्टाग्राममार्फत उनले सुरुमा खाता ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स खाता भारतमा नदेखिने बनाइएको बताएका हुन् । उनले आफूहरूले कुनै गलत सामग्री नराखेको दाबी गरेका छन् ।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको अभिव्यक्तिपछि अनलाइनमा अभिजित दीपकेले ‘कक्रोच जनता पार्टी’ खोलेपछि भारतमा यसको लोकप्रियता बढिरहेको छ । यसले अभियानको रुप लिदै सामाजिक सञ्जालमा तीव्र चर्चा पाएको छ ।

यस अभियानको इन्स्टाग्राम खातामा चार दिनमै १ करोड १८ लाखभन्दा बढीले फलो गरेका छन् । यसका साथै अभियानको नाममा वेबसाइट पनि सञ्चालनमा आएको छ भने लाखौँले सदस्यताका लागि नाम दर्ता गराएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै