काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार रहेको बताए ।
उनले आज पनि निलम्बन गर्न भनेको तर नगरेको बताउदै सभामुख साझा हुनुपर्नेमा जोड दिए । उनले संसदीय दलको नेतालाई २ मिनेट ३ मिनेट बोल भन्ने नहुने भन्दै सभामुख दलबाट भएपनि सबैको हुनुपर्ने टिप्पणी गरे ।
साम्पाङले आफुहरुले प्रश्न गरेको र त्यसको जवाफ नपाएको बताउदै आफुहरुको विरोध जारी रहने बताए । जनताले सरकार जनताप्रति जवाफदेही छ या छैन भन्ने मुल्यांकन गर्ने बताउदै साम्पाङले आफुहरुले पाँचै बर्ष विरोध गर्ने बताए ।
दुई तिन दिन विरोध गर्दा आज संसदमा मन्त्री आएपनि प्रश्न गर्न सभामुखले नदिएको समेत आरोप लगाए ।









