काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ ।
बिहान साढे ९ बजे बस्ने बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
समितिको बैठक सङ्घीय संसद् सचिवालयको समितिको हलमा बस्ने जानकारी दिइएको छ ।









