• २०८३ जेठ ५ मंगलबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिदै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिदै

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।

समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा कुल १६ उजुरी परेको छ । 

समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबार सकिएसँगै समितिले प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ हुनेछ ।

 न्यायाधीश डा. शर्मालाई बैशाख २४ गते बसेको संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै