• २०८३ जेठ २ शनिबार

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो ।

बैठक सोमबार बस्ने गरी तय भएको अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै