काठमाडौँ । बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ११: ५९ बजेदेखि अन्त्य गरेको प्रदेस प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले प्रदेश प्रमुख देवकोटाले नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ ।
बागमती प्रदेश सभाको सत्रौ अधिवेशन गत चैत्र २३ गतेदेखि शुरु भएको थियो ।









