• २०८३ बैशाख ३१ बिहीबार

नयाँ मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकियो

नयाँ मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषदको पुनर्संरचना गर्दै मन्त्रीहरुको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जस अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनालले परराष्ट्र, बिराज भक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।

त्यस्तै सुनिल लम्साललाई पूर्वाधार विकास, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, सीता बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा छन् ।

त्यस्तै खडक राज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार, गीता चौधरी कृषि, वन तथा वातावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै