काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमालेको सचिवालय बैठक जेठ २ गते दिनको १ बजे पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।









