काठमाडौँ । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११०८ जनालाई अनुमति दिएको छ ।
विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे ७ सम्म ११०८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म २७० महिला र ८३८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४६८ जनाले अनुमति पाएका छन् ।
त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १४१ जना, अमेरिकाका १३९ जना, भारतका ९२ जना, बेलायतका ७४ जना, रसियाका ६९ जना रहेको विभागले जनाएको छ ।
पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४६८ जनालाई अनुमति दिएको छ । त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे ७ सम्म १०१ महिला र ३६७ पुरुष गरि कुल ४६८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न चीनका २५ महिला र ७६ पुरुष गरि १०१ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाका ८ महिला र ६० पुरुष गरि ६८७ जना, भारतका २५ महिला र ३३ पुरुष गरि ५८ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
यी अनुमतिबाट एक अर्ब १८ करोड ९७ लाख ६ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।









