• २०८३ बैशाख १७ बिहीबार

आइपिएलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेका राजस्थानका कप्तान परागमाथि कारवाही

आइपिएलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेका राजस्थानका कप्तान परागमाथि कारवाही

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टिम राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको आरोपमा कारबाही गरिएको छ ।

गएराती सम्पन्न पञ्जाव किंगविरुद्धको खेलमा परागले खेलको क्रममा ड्रेसिङ रुममा भेप प्रयोग गरेको देखिएको थियो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राजस्थान रोयल्सका कप्तान पारागलाई खेल शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने एक डिमेरिट अंक पनि दिइएको छ । उनीमाथि खेलको प्रतिष्ठामा आँच आउने व्यवहार गरेको आरोप लागेको हो ।

सो खेलमा पञ्जाब किङ्सले दिएको २२२ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पूरा गरेको थियो । सोही खेलका क्रममा ड्रेसिङ रुमभित्र भेप प्रयोग गरेको पाइएपछि पारागमाथि कारबाही गरिएको हो। उनले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्री अमित शर्माले तोकेको सजाय मानेका छन् ।

बोर्डले यस घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित टोली, पदाधिकारी तथा खेलाडीमाथि थप कडा कारबाही गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।

यसअघि पनि राजस्थान रोयल्सका टोली व्यवस्थापक रोमी भिन्दरलाई खेलका क्रममा डगआउटमा मोबाइल प्रयोग गरेको कारण एक लाख भारतीय रुपैयाँ जरिवाना गरिएको थियो । उनले गल्ती स्वीकार गर्दै माफी मागेका थिए र भविष्यमा यस्तो नगर्न चेतावनी दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै