• २०८३ बैशाख १७ बिहीबार

कास्य पदक विजेता महिला कबड्डी टिम स्वदेश फर्कियो

कास्य पदक विजेता महिला कबड्डी टिम स्वदेश फर्कियो

काठमाडौँ । छैटौँ एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जित्न सफल नेपाली टोली आज स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलाडीका परिवारजनको उपस्थिति रहेको थियो ।

चीनको सान्यामा सम्पन्न एसियाली स्तरको प्रतियोगितामा कास्य पदक जितेर देशको गौरव बढाएको नेपाली महिला कबड्डी टोलीको उपलब्धिलाई उपस्थित सबैले प्रशंसा गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै