• २०८३ बैशाख १६ बुधबार

गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा

गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा

काठमाडौँ ।  नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ । 

काँग्रेसको केन्द्रीय अनुशासन समितिले यस अघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि तामाङलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको छ ।

कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।

त्यस्तै काँग्रेसको अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरणलाई भने हाललाई निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै