• २०८३ बैशाख १६ बुधबार

सम्पत्ति छानबिन आयोग गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

सम्पत्ति छानबिन आयोग गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मंगलबार अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख ३ गतेको मन्त्रिपरिषद्को बैठकले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको थियो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित आयोगको अध्यतामा गठित आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् । 

रिटमा उत्प्रेषणको आदेशद्वारा आयोग गठनको निर्णय खारेज गर्न तथा तत्काल कामकारबाहीमा रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।

आयोगको कामकारबाही गर्न रोक लगाउन रिटमा माग गरिएको छ भने रिटको सुनुवाइको पेसी बुधबार तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै