• २०८३ बैशाख १४ सोमबार

त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन- मन्त्री पोखरेल

त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन- मन्त्री पोखरेल

काठमाडौँ । त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने सरकारले स्पष्ट गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने स्पष्ट गरेका हुन् । 

उनले लिग एग्रिमेन्ट फेरी हुने बताउदै नभ्त्किने बताएका छन् । उनले भनेका छन्- 'आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । त्यसमा कुनै समस्या छैन ।'

यसअघि त्रिवि प्रशासनले ३५ दिनभित्र क्रिकेट मैदानका संरचना हटाउन सूचना निकाले पछि यस विषयमा चासो बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै