काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ ।
आइतबार दिउसो मौसम अपडेट दिदै विभागले गण्डकी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यस्तै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको छ ।
मौसमविद्का अनुसार यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकोले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले सम्भावित वर्षा, चट्याङ र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।









