काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आजदेखि शुरु हुदैछ । निर्वाचन प्रक्रिया अनुसार आज मतदाता नामावली सार्बजनिक गर्ने कार्यसूची रहेको छ ।
निर्वाचन समितिले आज दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरेको छ ।
निर्वाचन समितिले मतदान सिंहदरबारस्थित कांग्रेस संसदीयदलको कार्यालयमा हुने जानकारी निर्वाचन समितिले दिएको छ ।
कांग्रेस संसदीय दलको नेताको दौडमा अर्जुननरसिंह केसी, भिष्मराज आङदम्बे लगायत रहेका छन् ।









