काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।
माथिल्लो मुलपानी मैदानमा अप्रिल २२ र २४ मा हुने खेलका लागि क्यानले अनिल कुमार यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो ।
नेपाली टिममा अनिल कुमार शाह (कप्तान), देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, तृत राज दास, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन् ।









