काठमाडौँ । नेपाल र युएईबीचको खेल बर्षाले अवरुद्ध भएको छ ।
बर्षाले खेल रोकिनु अघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको छ । टी-२० सिरिजको पहिलो खेला नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको हो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३-१३ रन बनाएका छन् ।
त्यस्तै युएईका बलर मुहमद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्धिकीले २ तथा हैदर अली र मुहमद अरफानले एक एक विकेट लिएका छन् ।









