काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीमा भुपदेव साहलाई मनोनित गरेको छ ।
आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ ।
बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ ।









