• २०८३ बैशाख ६ आइतबार

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको सहज जित

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको सहज जित

काठमाडौं । रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । 

नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

यो नेपालको जारी प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेल जितेको इटालीको पहिलो हार हो ।

नेपालले अर्को खेल अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै