• २०८३ बैशाख ५ शनिबार

इरानले पुन: बन्द गर्यो होर्मुज

इरानले पुन: बन्द गर्यो होर्मुज

काठमाडौँ । इरानले होर्मुज जलडमरू हुँदै हुने जहाज आवतजावतमा पुन: रोक लगाएको छ । उक्त महत्वपूर्ण समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै इरानले यो निर्णय गरेको हो ।

इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।

यसअघि इरानले मार्ग खुला गर्न सकिने संकेत दिएको थियो । तर अमेरिकाले आफ्नो अडान नबदलेपछि इरानले निर्णय परिवर्तन गर्दै आवतजावत रोक्ने कदम चालेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति नभएसम्म, जसमा परमाणु कार्यक्रमसमेत समावेश छ, नाकाबन्दी जारी रहने बताएका थिए । त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै समुद्री मार्गमा आवतजावत रोक्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै