• २०८३ बैशाख ५ शनिबार

कहिले रिलिज हुन्छ भन्सालीको नयाँ फिल्म ‘लभ एण्ड वार’ ?

कहिले रिलिज हुन्छ भन्सालीको नयाँ फिल्म ‘लभ एण्ड वार’ ?

काठमाडौँ । बलिवुडक चर्चित फिल्म निर्माता सञ्जय लीला भन्सालीको नयाँ चलचित्र ‘लभ एण्ड वार’ सन् २०२७ जनवरी २१ मा विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई वर्षकै ठूला रिलिजमध्ये एक मानिएको छ ।

चलचित्रमा रणबीर कपुर, विक्की कौशल र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन् । यी तीन कलाकार पहिलो पटक भन्सालीको निर्देशनमा एउटै चलचित्रमा देखिन लागेका कारण दर्शकमाझ उत्साह बढेको छ ।

यसअघि यो चलचित्र सन् २०२६ जुनमा प्रदर्शन हुने अपेक्षा गरिएको थियो । तर, हालै रणबीर कपुरले सामाजिक सञ्जालमार्फत प्रदर्शन मिति सारिएको जानकारी दिएका थिए । निर्माताहरूले अन्य ठूला चलचित्रसँग प्रत्यक्ष प्रतिस्पर्धा नहोस् भन्ने उद्देश्यले प्रदर्शन मिति सारिएको जनाइएको छ ।

ठूलो लगानीमा निर्माण भइरहेको ‘लभ एण्ड वार’ भावनात्मक पक्षलाई केन्द्रमा राखेर बनाइएको प्रेमकथामा आधारित चलचित्र हो । भन्सालीको विशिष्ट प्रस्तुति शैली र भव्य दृश्य संरचना यसमा देखिने अपेक्षा गरिएको छ ।

यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन गरिनेछ, जसले भारतसहित अन्तर्राष्ट्रिय बजारमा व्यापक रूपमा प्रदर्शन हुने संकेत दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै