• २०८३ बैशाख ५ शनिबार

नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै

नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारदेखि नयाँ व्यवस्था लागू गरेको  छ । 

नयाँ नियमअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ, जुन यसअघि १० प्रतिशत रहेको थियो ।

त्यस्तै, कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि र नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनको बाँकी सबै कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।

नेप्सेले नेपाल धितो पत्र बोर्डको स्वीकृतिमा धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ कार्यान्वयनमा ल्याउन साबि धितोपत्र कारोबार सदस्यहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै