• २०८३ बैशाख ४ शुक्रबार

काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ ।

विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो रिटको सुनुवाई आज पनि हुने भएको हो ।

विहिबार भएको सुनुवाईमा निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

अब आज कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बहस हुने र त्यसपछि समय पुगेमा आजै आदेश आउने सम्भावना रहेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको थियो ।

सो रिट विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाई एक साथ गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै