• २०८३ बैशाख ४ शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन

पोखरा अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन

पोखरा । नयाँ वर्ष २०८३ को पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रिय झन्डोत्तोलन गरिएको छ । नगर प्रमुख धनराज आचार्यले पार्कमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर लाग्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्य, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, महाशाखा प्रमुखहरू लगायत जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै