• २०८३ बैशाख ४ शुक्रबार

राजकीय सम्मानका साथ गायिका आशा भोसलेको दाहसंस्कार

राजकीय सम्मानका साथ गायिका आशा भोसलेको दाहसंस्कार

काठमाडौँ । दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड गायकहरूले उनको गीत 'अभी ना जाओ छोडकर...' गाएर उनलाई बिदाइ दिएका थिए ।

सोमबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनको मुम्बईस्थित निवास कासा ग्रान्डेमा राखिएको थियो । उनलाई राष्ट्रिय झण्डाले बेरिएको थियो र सलामी दिइएको थियो । 

उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् । आशा भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितेकी थिइन् । उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै