• २०८३ बैशाख ४ शुक्रबार

पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबबाट खेलिरहेका आसिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । 

सोमबार मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २०८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । यो घरेलु राष्ट्रिय प्रतियोगितामा बनेको पहिलो दोहोरो शतक हो । यससँगै आसिफ घरेलु प्रतियोगितामा दोहोरो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आसिफको जारी पीएम कपमा दोस्रो शतक हो ।  यसअघि उनले बागमतीविरुद्ध ११४ रनको शतकीय पारी खेलेका थिए । 

पर्सामा जारी यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको छ । एपीएफका लागि सन्दीप जोराले ५६ र कप्तान रोहित पौडेलले ५५ रन बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै