• २०८३ बैशाख ४ शुक्रबार

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अल अखडोउडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई २-० गो अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २८ खेलमा ७३ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । अल नासर दोस्रो स्थानमा रहेको अल हिलाल भन्दा ५ अंकले अगाडी रहेको छ ।

त्यस्तै अल अखडोउडको २८ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै