• २०८३ बैशाख १७ बिहीबार

घरेलु मैदानमा बोर्नमाउथसँग आर्सनल स्तब्ध

घरेलु मैदानमा बोर्नमाउथसँग आर्सनल स्तब्ध

काठमाडौँ । बोर्नमाउथले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई स्तब्ध पारेको छ ।

शनिबार सम्पन्न खेलमा बोर्न माउथले आर्सनललाई उसकै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा एली जुनियर क्रोउपी र एलेक्स स्कटले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल भिक्टोर ग्योकेरेजले गरेका थिए ।

बोर्नमाउथ यो जितपछि ३२ खेलमा ४५ अंकसहित नवौं स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने ३२ खेलमा ७० अंक रहेको छ र शिर्ष स्थानमा कायम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै