• २०८३ बैशाख ४ शुक्रबार

डा. बाबुराम भट्टराई भारत जादै

डा. बाबुराम भट्टराई भारत जादै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयका अनसार भट्टराई आइतबार भारत प्रस्थान गर्न लागेका छन् ।

भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको सो कार्यक्रम भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको बताइएको छ ।

त्यस्तै साउथ एसियन युनिभर्सिटीको दिल्लीस्थित सामाजिक विज्ञान संकायले आयोजना गरेको 'पाथवे टू प्रोसपेरिटी थ्रो न्यू पोलिटिक्स इन नेपाल' शिर्षकमा बैशाख २ गते हुने कार्यक्रममा पनि उनी सहभागी हुने भएका छन् ।

उनी बैशाख २ गतेनै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै